थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक पास

९ चैत, काठमाडौं । राज्य व्यवस्था समितिले ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक पास गरेको छ ।

अब समानुपातिक सांसद पाउन कुनै पनि दलले प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत पाउनुपर्छ । तर, त्यतिले मात्र राष्ट्रिय पार्टी हुने छैन ।

थ्रेस होल्ड पार गर्नुका साथै प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने व्यवस्था गरिएको एक सांसदले बताए ।

एमाले सांसद रामेश्वर फुयालका अनुसार यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होड पास गर्ने गरी मत ल्यायो । तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुँदैन ।

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिले बुधबार विहान थ्रेस होल्ड राख्दै प्रतयक्षतर्फ एक सांसद जित्नु पर्ने व्यवस्था गर्दै राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको थियो ।

उपसमितिमा थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका थिए ।

तर, समितिले पनि बुधबार नै विधेयक बहुमतका आधारमा पास गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत