राप्रपाको प्रदर्शनमा हिन्दु स्वयंसेवकको घुसपैठ भएको प्रहरीको निश्कर्ष

८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा हिन्दु स्वयंसेवकहरुको घुसपैठ भएको प्रहरीको निश्कर्ष छ । घुसपैठकै कारण सोमबार राजधानीमा अप्रिय घटना भएको प्रहरीको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार काठमाडौंमा सोमबार भएको प्रहरी र राप्रपा कार्यकर्तावीचको झडपमा राप्रपा कार्यकर्ताले हानेको ढुंगाबाट दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरीका विनोद घिमिरे र जनपथ तर्फका सरोज थुङयेन छन् । उनीहरुको अवस्था सामान्य छ ।

सत्तारुढ दलकै कार्यक्रम भएकाले कुनै हुलदंगा नहुने आफूहरुले विश्वास लिएको तर जुलुसमा घुसेका हिन्दु स्वयंसेवकहरुले नियोजित रुपमा मुठभेड गराएको प्रहरीले बताएको छ ।

काठमाडौं परिसरका एक प्रहरी अधिकारीका अनुसार हिन्दु स्वयंसेवक कार्यकर्ताले सुरुमा प्रहरीको बेरियर तोड्न खोजेका थिए । त्यसपछि उनीहरुले प्रहरीमाथि ढुंगा हान्न सुरु गरेका थिए ।

यसैवीच प्रहरीले राप्रपा नेता पशुपति समशेर राणाको खुट्टामा प्रहरीको लाठीले नभई बेरियरको तारले लागेर चोट लागेको दाबी गरेको छ ।

त्यस्तै कोमल ओलीको शरीरमा पनि कुनै चोट नलागेको र उनी अश्रुग्यास सर्केर ढलेको प्रहरीको दाबी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत