विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै

IMG_20170403_171958

१० चैत, काठमाडौं । आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ ।

विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो ।

एक तथ्यांकअनुसार प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत