सरकारले विगतका सहमति कार्यान्वयन गरे मधेसी मोर्चाले चुनावमा भाग लिने

१२ चैत, बिराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संशोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गरेमा आफूहरु स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।

नेता ठाकुरले सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेकेा भए पनि सहमति भने भइनसकेको जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष ठाकुरले संविधान संशोधन नगरी निर्वाचन गरिए आफुहरुले निर्वाचन वहिष्कार गर्ने बताए ।

तमलोपा जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन गरेमा चुनावमा भाग लिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत