आज चैत दशैं, देवीको पूजा र उपासना गर्दै मनाईंदै

Baglung

२२ चैत, काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात हिन्दूहरुको पर्व चैते दशैं । देवीको पूजा र उपासना गर्दै मनाईंदै छ ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैतमा मनाइनेलाई चैते दशैंका रुपमा चिनिन्छ ।

यद्यपि, असोजमा जस्तो धुमधामका साथ चैते दशैं मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दशैं भनेर हिन्दूधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

दशैंमा घर–घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वणिर्त छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत