आफूहरुको माग पूरा नभएसम्म प्रहरी कार्यालयबाट बाहिर नजाने भट्टराईको उद्घोष

२० चैत, काठमाडौं । निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रहरीले साँझ रिहा गरेको छ ।

तर, डा. भट्टराईले आफूहरु प्रहरी कार्यालयभित्रै धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने बताएका छन् ।

 

प्रहरीले ‘तपाईहरुलाई रिहाइ गरिएको छ, घर जान सक्नुहुन्छ’ भन्नासाथ नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले आइतबार अपरान्ह गृहमन्त्री विमलेन्द्र निधीलाई फोन गरे ।

चुनाव चिन्ह पाउनुपर्ने आफूहरुको माग पूरा नभएसम्म प्रहरी कार्यालयबाट बाहिर नजाने डा. भट्टराईले गृहमन्त्री निधीलाई बताएर साँझसम्म पुलिस क्लबभित्रै बसेका छन् ।

पूर्वप्रधानमन्त्री डा.भट्टराई र गृहमन्त्री निधीवीच बिहान गिरफ्तारी हुने बेलामा पनि फोनमै भनाभन भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत