एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ

२५ चैत, झापा । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

IC

एपीएफले झापाको भद्रपुर नगरपालिका ९ स्थित घोडामाराबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ वषिर्य रविन घोस र २३ वषिर्य मनोज राजबंशी रहेका सशस्त्र प्रहरी बल महाशाखाको सूचना शाखाले जानकारी दिएको छ ।

गस्तीमा खटिएको एपीएफ टोलीले जााच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प. ६१२९ नम्बरको मोटसाकलमा सवार उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाा फेला पारेपछि मोटसाइकलसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत