जलविद्युत् आयोजना मर्मत सम्भारको काम २० दिनमै सक्ने योजना

२७ चैत, काठमाडौं । जलविद्युत् आयोजना मर्मत सम्भारको अनुगमन गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कालीगण्डकी पुगेका छन् ।

गतवर्ष ४५ दिनसम्म लगाएर गरिएको स्याङ्जास्थित कालीगण्डकी आयोजनाको नियमित मर्मतको काम यो वर्ष २० दिनमै सक्ने योजना छ । अाइतबार मर्मत सुरू भएको ११  दिन पुगेको छ, अबको ९ दिनमा मर्मत सक्ने लक्ष्य छ ।

 उनले प्राधिकरणले आवश्यक सहयोग गर्ने भन्दै मर्मत अवधि लामो नबनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

विगतका वर्षहरुमा पानीको बाहव घटेको बेला दैनिक ३ घन्टा लोडसेडिङ बढाएर कालिगण्डकी ममर्त गर्ने गरिएको थियो । र, मर्मतका लागि ४२ दिन लागेको थियो । तर, यो वर्ष भने प्राधिकरणले नदीमा पानीको सतह बढेर विद्युत आपूर्ति सहज मर्मतको काम थालेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत