देशलाई समृद्ध बनाउन सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने राष्ट्रपतिको भनाई

२३ चैत, इटहरी। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यहाँका सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने बताएकी छन् ।

Rastrapati

आज सुनसरीको धार्मिक तीर्थस्थल कुम्भ नगरी चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा आयोजना गरिएको बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्ताे बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले विश्व रामसार सूचीमा संरक्षित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका दुर्लभ जङ्गली जीवजन्तु चराचुरुङ्गी तथा अन्य विभिन्न दुर्लभ बस्तुको भण्डारसँगै पूर्वी नेपालको कञ्चनजङ्गा जस्तो हिमशृङ्खला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारसमेतले पूर्वी नेपाल प्राकृतिक सम्पदाले पनि ज्यादै स्रोत सम्पन्न भएकाले यसलाई सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताइन ।

उनले बराहक्षेत्र पीण्डेश्वर विष्णुपादुका रामधुनीजस्ता अत्यन्तै पौराणिक र नेपालीको आस्थाको धार्मिक पावन क्षेत्रसमेत रहेकाले यसलाई नेपालीले आफ्नो जीवन प्रणालीसँग जोडेर हेर्न सकियो भने अपार सफलता प्राप्त गर्न सकिने बताइन ।

राष्ट्रपति भण्डारीले लाखौँ मानिसको पीडा बनेको कोसी नदी आसपासका पीडाबाट पिल्सिएकालाई मल्हमपट्टि लगाउनमात्र सकियो भने पनि न्याय मिल्नेमा आफू ज्यादै सम्वेदनशील रहेको बताइन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत