राजविराजमा शङ्कास्पद अवस्थामा सकेट बम फेला

२२ चैत, राजविराज । सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ ।

स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराजस्थित कृष्ण गणका नेपाली सेनाका प्राबिधिक टोलीले बम निस्क्रिय पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।

चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् ।

यसैगरी बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत