वर्षमानको दावी : एमालेले स्थानीय चुनाव सारेर कात्तिकमा गर्ने प्रस्ताव ल्यायो

२६ चैत्र, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न प्रस्ताव ल्याएको दाबी गरेका छन् ।

माओवादी पार्टीको पाँच नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका पुनले शुक्रबार प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा एमालेले चुनाव सार्न आग्रह गरेको बताएका हुन् ।

पुनले यस्तो प्रस्ताव एमालेको शीर्ष नेतृत्वबाटै आएको बताए । साथै, एमालेले चुनावको चर्का-चर्का कुरा गरे पनि भित्रीरुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको विषय भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत