शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक

२३ चैत, काठमाडौं । नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक देखिएको छ ।

काठमाडौंमा बुधबारदेखि सुरु भएको नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को बैठकमा नेपाली पक्षले शान्ति तथा मैत्री सन्धिलाई प्रमुख एजेण्डा बनाएको छ । एक नेपाली सदस्यले भने, ‘१९५० को सन्धिबारे हामीले छलफल गर्‍यौं । भोलि पनि छलफल हुन्छ ।’

असमान धाराहरु हटाउन भारतीय पक्ष सकारात्मक रहेको भन्दै उनले अघि भने, ‘धाराहरु केही परिर्वतन होलान, केही रहलान् । छलफल टुंगिएपछि बाहिर ल्याउँछौं ।’

ईपीजीमा रहेका नेपाल र भारतीय दुबै पक्षले कुनै औपचारिक प्रतिक्रिया दिन मानेका छैनन् ।

नेपालले १९५० को शान्ति तथा मैत्री सन्धिलाई असमान भन्दै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत