सशस्त्र प्रहरीको जीप दुर्घटना : १ को मृत्यु, २ जना घाइते

२८ चैत, काठमाडौं । सोमबार  बिहान सशस्त्र प्रहरीको जीप दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

दुर्घटना परेर हवल्दार मोहनबहादुर घिमिरेको मृत्यु भएको छ । माथिल्लो तामाकोशी सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका डीएसपी शम्भूजंग थापा चढेको बा ९ च ९३६० हाइलक्स जीप दोलखा–सिंगटी सडक अन्तर्गत झमासी खोलामा बिहान ८ बजे दुर्घटना भएको हो ।

उक्त जीप दोलखा सदरमुकाम चरिकोटबाट सिंगटी जाँदै थियो ।

दुर्घटनामा डीएसपी थापा र सशस्त्र प्रहरी जवान शिव कसवार माझी गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको कारण खुल्न नसके पनि दोलखा प्रहरी प्रमुख रविन कार्कीले जीप तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत