स्ववियु निर्वाचन गराउन सर्वोच्चको अन्तरिम आदेश

२७ चैत,काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको पकनाजोलस्थित पिपुल्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आइतवार आदेश दिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

क्याम्पस प्रशासनले चुनाव हुन नदिएको भन्दै अनेरास्ववियुका आदित्य बोहोरा र नेविसंघका अरुण घलेले संयुक्त रुपमा रिट दायर गरेका थिए । उनीहरु दुवैजना स्ववियु सभापतिका प्रत्याशी हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत