कांग्रेसले कालीगण्डकी नदीलाई छेडेर भैरहवालाई हराभरा बनाइदिन्छ – रामचन्द्र पौडेल

२९ चैत, भैरहवा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले कालीगण्डकी नदीलाई छेडेर भैरहवालाई हराभरा बनाइदिने बताएका छन् ।

Ram Chandra Poudel

कांग्रेसको चुनावी सभालाई मंगलबार भैरहवामा सम्वोधन गर्दै पौडेलले जनतामा अब कांग्रेसले विकासको मूल फुटाइदिने भन्दै नेपालको स्थानीय तहको नमूना स्वीटजरल्याण्डको भन्दा पनि राम्रो बनेको दाबी गरेका हुन् ।

‘तपाईहरुले स्वीटजरल्याण्ड भनेर सुन्नुभएको छ, आज यो संविधानले जुन स्थानीय तहको व्यवस्था गरेको छ, यो स्वीटजरल्याण्डको भन्दा पनि राम्रो नमूना छ’ नेता पौडेलले भने, ‘संविधानले यति धेरै मौलिक अधिकारहरुको सिर्जना गरेको छ । धेरै अधिकार जनतालाई तल दिएको छ । यी अधिकारहरुको रक्षाका लागि दलित, जनजाति, मधेसी, थारुहरुको आयोगहरु सारा आयोगहरु बनाएका छौं । अब नेपाल अगाडि बढ्छ ।’

उनले अब समाजले राजनीतिक स्थिरता पायो भने यो मुलुकमा द्रुतगतिले विकास गरेर नेपाललाई झिलिमिली पारेर सम्पन्न र विश्वको सुन्दर राष्ट्र बनाउने समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत