सञ्चालनमा आयो चर्पी र रेस्टुराँसहितको नयाँ पर्यटकीय बस

२९ चैत, काठमाडौं । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।

तस्बिर स्रोत : रासस

तस्बिर स्रोत : रासस

सोमबार बेलुका बस उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पशुराम तामाङले यस्तो बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने बताए ।

उनले भने, ‘उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरु पर्यटकीय गन्तव्यमा समेत पुर्याउनु  जरुरी छ ।’

प्रालिका सञ्चालक दीपक भट्टराईकाअनुसार यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको हो ।

उनले यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिने समेत बताए ।

प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले नयाँ बसबाट यात्रा गर्न चाहनेहरुका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार, बुधबारदेखि लुम्बिनी र पोखरामा एकसाथ बस सञ्चालन गरिने छ ।

२७ सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नु पर्नेछ ।

प्रालिका अध्यक्ष आचार्यकाअनुसार बसभित्र तातो, चिसो खानेकुरा सुविधासँग खान र पिउनका लागि फोल्डेवल सेवन जडित गरिएको र धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्था रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत