३० चैत, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छ्न् ।
बुधबार नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आयोजना गरेको कार्यक्रममा लाई सम्बोधन गर्दै मन्त्री थापाले वैशाख ३१ गतेको मिति फेरबदल नहुने बताएका हुन् ।
‘आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस्’ भन्दै मन्त्री थापाले एमाले र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन पनि आग्रह गरे ।
मन्त्री थापाले एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रह समेत गरे ।