महासंघमा राणा पहिलो महिला अध्यक्ष

३० चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा चयन भएका छन् । महासंघमा राणा पहिलो महिला अध्यक्ष हुन् ।

Bhawani55_1476969454

यसैगरी वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष चयन भएका हुन् । भने, निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छा चयन भएका हुन् ।

नयाँ व्यवस्थाअनुसार राणा र गोल्छा नेतृत्वको कार्यसमितिले बुधबारबाट जिम्मेवारी सम्हाल्दै छ । साथै, वरिष्ठ उपाध्यक्षमा विजयी गोल्छा अर्को कार्यकालको स्वत: अध्यक्ष हुने निश्चित भएको छ ।

जिल्ला/नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । त्यस्तै वस्तुगततर्फका उपाध्यक्षमा अमेशलाल श्रेष्ठ विजयी भएका छन् ।

एसोसिएटतर्फका उपाध्यक्ष पदमा चन्द्र ढकालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

आगामी कार्यकालका लागि ५७ वटा पदमा मंगलबार निर्वाचन भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत