सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले साे कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले महासंघमा केही गराैं भन्ने टिम नेतृत्वमा आएको भन्दै सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र सम्वृद्धिमा जान सकिने बताए ।

आगामी बजेट निजी क्षेत्र मैत्री हुने बताउँदै प्रधानमन्त्रीले पुराना ऐन कानूनमा समयानुकूल परिमार्जन गर्दै लगिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत