जनजाति महासंघले स्थानीय तहको निर्वाचन अस्वीकार गर्ने

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले आसन्न स्थानीय तहको निर्वाचनलाई अस्वीकार गर्ने निर्णयसहित ६ बुँदे घोषणा पत्र जारी गरेको छ ।

महासंघसम्बद्ध जातीय सदस्य संगठनहरू, जिल्ला शाखाहरू, सम्बन्धन संस्थाहरू, आदिवासी अभियन्ता तथा बुद्धिजीविहरूलगायत तीन सय भन्दा बढी प्रतिनिधिहरूको दुई दिने भेलाले सो घोषणा पत्र जारी गरेको हो । चैत २९ र ३० गते तमू ह्यूल छोँज धिं केन्द्रीय कार्यालय, नयाँ बसपार्कमा राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

महासंघका अध्यक्ष जगतबहादुर बरामको अध्यक्षतामा सम्पन्न भेलालाई महासंघका संस्थापक महासचिव सुरेश आले मगर, पूर्व महासचिवहरू परशुराम तामाङ, बालकृष्ण माबुहाङ, पूर्व अध्यक्षहरू पासाङ शेर्पा, राजकुमार लेखी, सल्लाहकारहरू मल्ल के सुन्दर, डा. मुक्तसिंह तामाङ, आदिवासी विज्ञहरू डा. कृष्ण भट्टचन, शंकर लिम्बु लगायतले विचार राखेका थिए ।

त्यसैगरी भेलामा जिल्ला समन्वय परिषद्का अध्यक्षहरू, जातीय सदस्य संगठनका अध्यक्षहरू, सम्बन्धन संस्थाका अध्यक्षहरू लगायतले विचार राखेका थिए । अहिलेको परिस्थितिमा महासंघको धारणा महासचिव नित्यानन्द ताजपुरियालले राखेका थिए ।

देशैभरका आदिवासी नेताहरू उपस्थित भेलामा आदिवासी जनजातिको दृष्टिकोणमा नेपालको संविधान, राज्यको पुनर्संरचना (प्रदेशहरूको नाम र संख्या किटान), स्थानीय तहको संरचनाहरू,स्थानीय तहको आसन्न निर्वाचन, स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरूको नाम र संख्या किटान, आदिवासी आन्दोलनको समिक्षा र आन्दोलनको स्वरुप, आदिवासी आन्दोलनमाथि राज्यको दमन, आदिवासीको आन्दोलन र मुद्धाप्रति राजनीतिक दलहरू र गैरआदिवासी जाति-समुदायको दृष्टिकोणलगायत अहिलेको समसामयिक राजनीतिक परिस्थितीबारे भेलामा समूहगत छलफलसहित निष्कर्ष निकालिएको थियो ।

आदिवासी जनजातिको दृष्टिकोणले विभेदकारी संविधानअन्तर्गत घोषणा गरिएको आसन्न स्थानीय तहको निर्वाचनको प्रक्रिया अस्वीकार गर्ने निर्णय गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रमा भनिएको छ, ‘नेपाल आदिवासी जनजाति महासंघको ब्यानरमा रहेर निर्वाचनमा लड्न पाइने छैन ।’

के छ घोषणा पत्रको प्रस्तवनामा ?

NEFIN_KTM-Ghosana-Patra1

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत