‘हुँदा खाने’लाई बतास नलागे पनि ‘हुनेखाने’ र मध्यम वर्गले नयाँ वर्ष मनाउँदै

बैशाख ०७४, काठमाडौं सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वि. सं. २०७४ वैशाख गतेनयाँ वर्षको पहिलो दिन एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ

नयाँ वर्षको पहिलो दिन हुँदा खाने हुने खानेहरुले आफ्नै तरिकाले नयाँ वर्ष मनाउँछन् 

हुँदा खानेनिम्न वर्गका परिवारलाई नयाँ वर्षको बतास नलागे पनिहुनेखाने मध्यम वर्गका परिवारहरुले यसलाई पर्वकै रुपमा मनाएको देखिन्छ

नयाँ वर्षको पहिलो दिन मध्यम वर्गीय साथैहुनेखानेयुवायुवतीहरु बिहान स्नान गर्ने, घरआँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठो खाने, साथी  मित्रसँग भेटघाट गर्ने, रमणीय स्थलमा जाने साथै सामाजिक सञ्जालमा शुभकामना साटासाट गरी नयाँ वर्ष मनाइरहेको देखिन्छ

इतिहासकार प्रा.डा. दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा वि.सं चलेको बताउँछन् नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यवहारमा इस्वी संवत चलेको

प्रा.डा. पन्तले वि.सं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारी दिँदै यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको बताए

इतिहासकार पन्तले विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक वि.संको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको बताए

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार विक्रमको अर्थपराक्रम आदित्यको अर्थसूर्यहुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो

एकथरि राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवतलाई विक्रम संवत् भनिएको हो भन्ने तर्क पनि

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत