हवाई टिकट कर्मचारीलाई पहिलो प्राथमिकता – निर्वाचन आयोग

२ बैशाख ०७४, काठमाडाैं । निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई हवाई टिकट पहिलो प्राथमिकतामा राखेर उपलब्ध गराउन निर्देशन दिएको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताए ।

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो ।

यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पुर्‍याउनु पर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत