धरौटीमा छुटेका सिके राउत पक्राउ : राउतविरुद्ध राज्य विप्लवको मुद्दा दायर

३ बैशाख ०७४, भैरहवा । जिल्ला अदालत सिराहाले १० हजार धरौटीमा छाडे लगतै प्रहरीले पक्राउ गरेको सिके राउतलाई जिल्ला अदालत रुपन्देहीले ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।

ck-raut

आइतबार विहान भैहरवा पुर्‍याइएका राउतविरुद्ध राज्य विप्लवको मुद्दा दायर गरिएको छ । अदालतले उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

राउतलाई म्याद थपका लागि अदालतमा हाजिर गराउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने पत्रकारहरुलाई अदालत परिसरबाट बाहिर निकालिएको थियो ।

प्रहरीले राउतसहित ७ जनाविरुद्ध जिल्ला अदालतमा राज्य विप्लवको मुद्दा दायर गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत