म्यानचेष्टर सिटीसँग साउथ हृयाम्पटन पराजित

काठमाडौं । म्यानचेष्टर सिटीले साउथ हृयाम्पटनलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दाबेदारी बलियो बनाएको छ ।

शनिबार राति भएको खेलमा सिटीले साउथ हृयाम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

साउथ हृयाम्पटनको घरेलु मैदानमा भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो । ५५ औं मिनेटमा कम्पोनीले सिटीलाई अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा सानेले गोल गरे भने ८० औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेपछि सिटीले ३-० को जित निकालेको छ ।

जितपछि सिटी ३२ खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुल भने ६३ अंकका साथ चौथो स्थानमा छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत