राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान

DSC8373-848x478

४ बैशाख ०७४, काठमाडौं । पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्ती, सरकारका मन्त्रीहरु लगायतले त्रिभुवन विमानस्थलमा विदाई गरेका  छन् ।

बिदाईका क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीको भ्रमणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत ३४ जना सहभागी रहेका छन् ।

राष्ट्रपतिको सवारी हुँदा शितल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सडक खाली गराउँदा अन्य सवारीका साधन र पैदल यात्रुसमेत समस्यामा परेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत