विभेदकारी चश्माले हेर्ने काम बन्द गर – आन्दोलनरत् पत्रकार

पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीसहित पत्रकारहरु राजविराजमा प्रदर्शन गदै / तस्बिर: देवराम यादव

पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीसहित पत्रकारहरु राजविराजमा प्रदर्शन गदै / तस्बिर: देवराम यादव

४ बैशाख ०७४, सप्तरी । विगत ६ दिनदेखि अनिश्चिकालीन धर्नामा बसेका पत्रकारहरुको माग सम्बोधन नभएको भन्दै सप्तरीका पत्रकारहरुले जिल्लामा समेत आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले सोमबार बिहान राजविराजमा प्रदर्शन गरेका हुन् ।

‘पत्रकार महासंघमा राजनीतिक हस्तक्षेप बन्द गर, सप्तरीका पत्रकारहरुको माग अविलम्ब सम्बोधन गर, विभेदकारी चश्माले हेर्ने काम बन्द गर, पत्रकारहरुको भावनालाई सम्मान गर, केन्द्रीय समितिको हैकमवादी शैली बन्द गर’ लगायतका नाराहरु लगाउँदै नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

FNJ 1

नगर परिक्रममा पश्चात् महासंघ शाखा सप्तरी अगाडि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डलले पत्रकार महासंघ जस्तो पेशागत पत्रकारहरुको छाता सङ्गठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्नेमा जोड दिए ।

केही सिमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि केन्द्रीय समितिले सप्तरीका पत्रकारहरुका भावनालाई कुठाराघात गरेको भन्दै तत्काल माग सम्बोधन गर्न केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् ।

पत्रकारहरुको ¥यालीमा महासंघका पूर्व अध्यक्षहरु, केन्द्रीय पार्षद, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

FNJ2

नेपाल पत्रकार महासंघ सप्तरी शाखाबाट काठमाडौं आइपुगेका पत्रकारहरु गत बुधबार दिउँसो १२ बजे भवनको मूलढोकामा तालाबन्दी गरी ‘सप्तरी पत्रकार महासंघमा अवैधानिक हस्तक्षेप बन्द गर, विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर’ लेखिएको व्यानर टाँगेर धर्ना बसेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत