भारतीय नागरिक यादव अपहरण मुक्त, अपहरणमा संलग्न ४ जना पक्राउ

५ बैशाख ०७४, सिराहा । भारतीय नागरिक प्रदिप यादवलाई अपहरण गर्ने चार अपहरणकारी पक्राउ परेका छन् ।

प्रहरीले अपहरणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको परिचय प्रहरीले खुलाएको छैन । उनीहरुबारे थप अनुसन्धान भइरहेको एसपी शेखर कोइरालाले जनाएको छ ।

तीन साताअघि गत चैत २३ गते अपहरणमा परेका भारतीय नागरिक प्रदिप यादवलाई सकुशल अपहरणमुक्त गरेको प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको हो ।

सगरमाथा अञ्चल प्रहरी टोलीले लहान नगरपालिका १५ बाट मंगलबार यादवलाई अपहरणमुक्त गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत