राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षीद्वारा फोरकोर्टमा स्वागत

५ बैशाख ०७४, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जीले फोरकोर्टमा स्वागत गरेका छन् ।

तस्बिर : गाेपाल वाग्लेकाे ट्वीटर

तस्बिर : गाेपाल वाग्लेकाे ट्वीटर

राष्ट्रपति भण्डारीलाई भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।

‘घनिष्ठ छिमेकिलाई विशेष सम्मान’ बागलेले भनेका छन्, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन फोरकोर्टमा आलंकारिक स्वागत ग्रहण गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए ।

राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत