सप्तरीका पत्रकारहरु भन्छन् – समाचार वाचन गर्नु अघि ‘माग अविलम्ब सम्बोधन गर’

५ बैशाख ०७४, सप्तरी । नेपाल पत्रकार महासंघ विगत ७ दिनदेखि अनिश्चिकालीन धर्नामा बसेका पत्रकारहरुको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै सप्तरीका पत्रकारहरुले विरोधका थप कार्यक्रम घोषणा गरेका छन् ।

IMG_20170412_175633

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, केन्द्रीय पार्षद, कार्यसमितिका पदाधिकारीहरुका साथै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले आपफूहरुको माग सम्बोधन नभएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष निकालेका छन् ।

सप्तरी जिल्लाबाट प्रकाशित दैनिक तथा साप्ताहिकलगायतका छापा माध्यमहरुको सम्पादकीयमा ब्याकग्राउण्ड राखेर ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ नारा निरन्तर लेख्ने, जिल्लाबाट सञ्चालित एफएमहरुबाट समाचार प्रशारण अघि ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ भनी नारा वाचन गरेर समाचार वाचन गर्ने सर्वसम्मत निर्णय भएको छ ।

यस अतिरिक्त जिल्लामा रहेका पत्रकार सम्वद्ध सङ्गठनहरुले आफ्ना केन्द्रीय समितिलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखामा भइरहेको हैकमवादी शैली एवम् क्रियाकलापको बारेमा जानकारी गराउने तथा माग पूरा गराउन आ–आफ्नो स्थानबाट दवाब सिर्जना गर्न आग्रह गर्ने बताइएको छ ।

यसैगरी सामाजिक सञ्जालमार्फत समेत दवाव सिर्जना गर्न प्रोफाइल पिक्चरमा समेत कालो अक्षरमा ‘सप्तरीका पत्रकारहरुको माग अविलम्ब सम्बोधन गर’ भनी लेखिएको इमेज व्यापक बनाउन आग्रह गरिएको छ ।

विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनु पर्ने र निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग पत्रकारहरुले राखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत