निर्वाचन प्रचारमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलको सामूहिक प्रतिवद्धता !

६ बैशाख ०७४, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा राजनीतिक दलका नेताहरुले बालबालिकालाई निर्वाचनको प्रचार-प्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

Balbalika

बालअधिकार तथा बालसंरक्षण पैरवी अभियानले बुधबार आयोजना गरेको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा बोल्दै प्रमुख राजनीतिक दलका नेताहरुले निर्वाचन घोषणा पत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन ।

राजनीतिक दलका नेताहरुलाई अभियानका तर्फबाट कृष्ण सुवेदी र युवराज घिमिरेले नेतालाई १९ बुँदे सुझावपत्र हस्तान्तरण गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले विगतमा पार्टीले बालबालिका निर्वाचनमा प्रयोग गरे पनि अबदेखिको निर्वाचनमा पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भन्दै पार्टीले बालअधिकारको संरक्षण र अधिकारका कुरालाई स्थानीय सरकारमा प्राथमिकतामा राख्ने बताए ।

नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले पार्टीले १६ वर्षमुनिकालाई सदस्य नबनाउने भन्दै त्यसपछि मात्र प्रयोग गर्ने बताए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले बाल संरक्षणका लागि अब बन्ने स्थानीय सरकारले सही अर्थमा काम गर्न सक्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत