राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसँग कुनै सम्झौता हुँदैन – कमल थापा

६ बैशाख ०७४, बुटवल । उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई नरहेको भन्दै राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसँग कुनै सम्झौता नहुने बताएका छन् ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसँग कुनै सम्झौता नहुने बताएका हुन् ।

‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं ।’ अध्यक्ष थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन, तत्काल आयोगले कदम सच्याओस् ।’

राप्रपाका अध्यक्ष थापाले मधेशी मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नहुने बताए । उनले मोर्चा निर्वाचनमा आउने विश्वास  व्यक्त गर्दै निर्धारित समयमै स्थानीय तह निर्वाचन हुने दाबी गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत