सरकारलाई एमालेको सुझाव : स्थानीय चुनाव बैशाख ३१ गते एकैचरणमा

६ बैशाख ०७४, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनाव बैशाख ३१ गते एकैचरणमा गराउन सरकारलाई सुझाव दिएको छ ।

UML Office

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैशाख ३१ गतेको निर्वाचनमा मधेसी मोर्चा गठबन्धन लगायत सबैलाई सहभागी गराउन सत्तापक्षले पहलकदमी लिए प्रतिपक्षको सकारात्मक सहयोग रहने समेत बताए ।

‘बैशाख ३१ गतेको निर्वाचनमा मधेसी मोर्चा गठबन्धन लगायत सबैलाई सहभागी गराउनका लागि सत्तापक्षले आवश्यक पहलकदमी लिए प्रतिपक्षको त्यसमा सकारात्मक सहयोग रहन्छ ।’ नेम्वाङले भने, ‘जनतालाई नेपालको इतिहासमा पहिलो पटक अधिकार सम्पन्न बनाउने व्यवस्था व्यवहारमा कार्यान्वयन गर्न कोही मित्रहरुको अनिच्छा होला भन्ने मलाई लाग्दैन । सबैका सबै मित्रहरु अन्तिममा भाग लिनुहुन्छ भन्ने विश्वास छ ।’

उनले स्थानीय चुनावमा सहभागी हुन जनता उत्साहित भएको भन्दै बैशाख ३१ गते नै देशव्यापीरुपमा सफलतापूर्वक चुनाव सम्पन्न गराउनु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत