आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन – प्रधानमन्त्री प्रचण्ड

DSC8727-600-300

७ बैशाख ०७४, बिर्तामोड । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाख ३१ गते घोषणा गरिएको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) र बाइसिएल झापाको संयुक्त सम्मेलनको उद्घाटन सभालाईसम्बोधन गर्दै बैशाख ३१ गते घोषणा गरिएको निर्वाचन कुनै हालतमा नरोकिने बताएका हुन् ।

प्रधानमन्त्रीप्रचण्डले माओवादीकै दृष्टान्त दिँदै नेपालको राजनीतिक इतिहासमा अहङ्कारीहरुले निर्वाचनमा हार्ने गरेको अहङ्कारीहरुलाई जनताले हराउने गरेको समेत बताए ।

‘मेची–महाकाली अभियान चलाएका कुनै पनि शक्तिले निर्वाचन जितेको इतिहास छैन । गिरिजा बाबूले भन्नुहुन्थ्यो, देशैभरि जितिन्छ जस्तो लागेर मेची महाकाली अभियान चलाइयो । तर, नराम्रोसँग हारियो । माओवादीको पनि त्यस्तै भयो ।’ जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने,  ‘२०६४ मा हामीमा शक्तिको दम्भ थिएन, चुनाव जित्यौं । २०७० मा हामीमा पनि अहङ्कार पलायो, सबै पार्टीलाई भुसुना देख्न थाल्यौं, देशैभरि जित्ने भनेर मेची–महाकाली अभियान चलायौं । तर, नराम्रोसँग हा¥यौं । अहिले केपीजी र एमालेका साथीहरु त्यही मेची–महाकाली अभियान चलाउँदै हुनुहुन्छ ।’

‘आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन ।’ प्रचण्डले भने, ‘निर्वाचन रोक्न विभिन्न चलखेल सुरु भएका छन् । तर, सरकार हरहालतमा बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न लागिपरेको छ ।’

उनले सरकारको निर्वाचन सम्पन्न गर्ने अभियानमा कसैले अवरोध ग¥यो भने जनतालाई अपील गर्ने बताउँदै सिङ्गो देश त्यसका विरुद्ध उभिने र निर्वाचन सम्पन्न भइछाड्ने बताए ।

जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान गलत सावित

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई गलत सावित गर्न लागेको र सफल पनि भएको बताए ।

उनले दैनिक १८ घण्टा अन्धकार हुने देशमा लोडसेडिङ अन्त्य, ०.८ प्रतिशतको आर्थिक बृद्धिदरलाई ६.२ प्रतिशत पु¥याएको साथै विकास आयोजनाहरुको काम तिब्रताका साथ अघि बढिरहेको बताए ।

‘फास्ट ट्रयाक हामी आफैँ बनाइरहेका छौं । छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध विकास गरेका छौं । विदेशमा रहेका नेपालीहरुको पीडामा मल्हम लगाएका छौं ।’ प्रचण्डले भने, ‘संविधान कार्यान्वयनका लागि प्रतिवद्ध भएर निर्वाचनमा लागेका छौं । यसले हामीलाई विजयमा पु¥याउने छ ।’

जनसभामा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, माओवादी केन्द्रका नेताहरु वर्षामान पुन, गोपाल किराँती, धर्मशिला चापागाईं लगायतका वक्ताहरुले देश निर्वाचनमा होमिएको भन्दै माओवादी केन्द्रलाई जिताएर परिवर्तनलाईसंस्थागत गर्न अपील गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत