आज मधेशी मोर्चाका पाँच दलबीच पार्टी एकता घोषणा हुँदै

७ बैशाख ०७४, काठमाडौं ।  मधेशी मोर्चामा आवद्ध पाँच दलबीच पार्टी एकता घोषणा कार्यक्रम राखिएको नेताहरुले बताएका छन् ।

Madheshi Morcha

बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको नेताहरूले बताएका हुन् ।

मोर्चामा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच बिहीबार दिउँसो १ बजे पार्टी एकता घोषणा हुने बताइएको छ ।

मोर्चाका दुई दल संघीय समाजवादी फोरम र नेपाल सद्भावना पार्टी भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि सम्वादमा छन् भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पार्टीमा छलफल गर्नु पर्ने जवाफ दिएका छन् ।

शीर्ष नेताहरुले पालैपालो नयाँ पार्टीको नेतृत्व लिने सहमति अनुसार अध्यक्ष मण्डलमा सहमति जुटेको नेताहरुले बताएका छन् । रामसपाका अध्यक्ष महेन्द्र यादवले भने, ‘सामूहिक नेतृत्व प्रणालीमा सहमति भएको छ । आजै पार्टी एकता घोषणा हुनेछ ।’

सुरुमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टी नेतृत्वको जिम्मेवारी दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत