मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर एकता गरेर देखायौं – ६ दलका शीर्ष नेता

six Parti akata ghosana

७ बैशाख ०७४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका ६ दलबीच आज एकता भएसँगै एकता सभामा शीर्ष नेताहरुले एकै स्वरमा ‘मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर, एकता त गरेर देखायौं’ भनेका छन् ।

बिहीबार राजधानीको एक पार्टी प्यालेसमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, फोरम गणतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीका शीर्ष नेताहरुले पार्टी एक भएको घोषणा कार्यक्रममा एकै स्वरमा ‘मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर, एकता त गरेर देखायौं’ भनेका हुन् ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई ‘राष्ट्रिय जनता पार्टी’ बनेको छ ।

यो एकता प्रक्रियामा ५ पार्टी बीचको एकता घोषणा क्रार्यक्रम राखिएको भए पनि एकतामा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि सहभागी भएपछि ६ “राष्ट्रिय जनता पार्टी” दल जन्म भएको छ ।

मोर्चामा आवद्ध ६ पार्टी एकता भएसँगै कार्यक्रममा उपस्थित नेता कार्यकर्ता निकै उत्साहित देखिएका छन् ।

बुधबार मध्यरातमा ५ पार्टीका अध्यक्षहरुले एकता गर्ने र “राष्ट्रिय जनता पार्टी” बनाउने सहमति गरेका थिए तर बिहीबार अनिल झा पनि थपिएपछि ६ पार्टीका नेताले पार्टी एकतामा हस्ताक्षर गरेका छन् ।

‘मधेसी पार्टी एकता हुन सक्दैन भन्थे तर, आज त एकता भयो । हामीले आपसी लडाइँ जित्यौं ।’ तत्कालीन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भनेका छन् ।

फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टीबीच एकीकरण

यसैगरी बिहीबार मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र थरुहट तराई पार्टी नेपालबीच पनि एकीकरण भएको छ ।

विजय कुमार गच्छदार नेतृत्वको फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी एकीकरण पछि पार्टीको नाम भने नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको छ ।

पार्टी एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहने र थारुलाई सहअध्यक्षको जिम्मेवारी दिइने बताइएको छ ।

पार्टीको  एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरुहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले जानकारी दिए ।

सरकारले बैशाख ३१ गतेको स्थानीय तह चुनाव जसरी पनि गर्ने भनिरहेका बेला मधेशवादी दलहरु बीच भएको एकतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत