मिजारको परिवारलाई क्षतिपूर्ती स्वरुप सरकारले १० लाख उपलब्ध गराउने

७ बैशाख ०७४, काठमाडौं । काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

काभ्रेको ज्यादी गाविस-८ की कल्पना पराजुलीसँग गत असार २५ गते अन्तरजातीय विवाह गरेका अजित मिजार असार ३० गते धादिङमा मृत फेला परेका थिए ।

सो घटनाबारे छानबिन गर्न गठित युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वको समितिको सिफारिसको आधारमा मिजारको परिवारलाई सरकारले क्षतिपूर्ती स्वरुप १० लाख उपलब्ध गराउने र परिवारका सदस्यलाई निःशुल्क शिक्षा दिने निर्णय भएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अन्तरजातीय विवाह गरेको आरोपमा उनको हत्या भएको आशंका गरिएको छ ।

मन्त्रिपरिषद बैठकले हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत