वर्षाका कारण महोत्तरीको विभिन्न स्थानमा लाखौँको क्षति

SOM Thapa 1093

७ बैशाख ०७४, महोत्तरी । हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लाखौँको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीकाअनुसार आज बिहान ३ बजेदेखि भारी वर्षा र तीव्र हावाहुरीका कारण दर्जनौँ घरको छाना उडाएको छ भने कैयनको घर, गोठ, पसल समेत भत्किएको छ ।

यसैगरी, तीव्रगतिको हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबारसमेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा, जलेश्वरले जनाएको छ ।

त्यस्तै खेतमा काटी राखेको गहुँ र तेलहन बाली भिजाएर बर्बाद बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको तरकारीबाली पनि हावाहुरी र वर्षाले नष्ट भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत