नयाँ शक्तिले एक साताभित्र पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने

Naya1

८ बैशाख ०७४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले स्थानीय तहको चुनावमा सहभागी हुने निर्णय गर्दै एक साताभित्र पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पार्टीको सम्पूर्ण शक्ति चुनावको तयारी र दलीय चुनाव चिन्हका लागि संघर्षमा लगाउने निर्णय गरेको हो ।

नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह चुनावका लागि विचार, सिद्धान्त र ५ ‘स’का अवधारणामा सहमत हुने शक्तिसँग कार्यगत एकता वा चुनावी तालमेललाई खुला राख्ने निर्णय पनि गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत