मधेसवादी दल निर्वाचनमा सहभागी हुने आयुक्त शर्माको विश्वास

८ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रीत सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

illa-sharma

कान्तिपथस्थित आयोगको कार्यालयमा आयुक्त शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै तराई मधेसका जिल्लाहरुमा समेत निर्वाचनको काममा अवरोध गर्ने खालका कुनै पनि गतिविधि नभएको स्पष्ट पार्दै मधेस केन्द्रीत सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेकी हुन् ।

आयुक्त शर्माले देशभर नै निर्वाध रुपमा निर्वाचनको तयारी भइरहेको बताएकी छिन् । साथै, उनले निर्वाचनमा मधेस केन्द्रीत दलहरुले पनि निर्वाचनलाई सफल बनाउन सहयोग गरिरहेको बताइन् ।

निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने कामलाई तीव्रता दिएको साथै मतदाता परिचय पत्र छपाईको काम केही दिन भित्रै सकिने आयुक्त शर्माले बताइन् ।

उनले निर्वाचन आयोगले मतपत्र छपाईको काम पूरा गरिसकेको जानकारी समेत दिइन् । निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमार्फत् बैशाख २७, २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्ने योजना बनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत