संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नु – बेलायती सांसद क्लाउड

८ बैशाख ०७४, काठमाडौं । बेलायती सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा नेपालबारे एक प्रस्ताव दर्ता गर्दै उनले नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नु पर्नेमा जोड दिएकी छिन् ।

annclwyd_commons2016

क्लाउडले सप्तरी घटनाको छानविन हुनुपर्ने बताउँदै आगामी वैशाख ३१ गते हुने चुनाव अघि नेपालको संविधान संशोधन हुनु पर्नेमा जोड दिएकी हुन् ।

लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्याधिक बलको प्रयोग हुनु चिन्ताजनक भएको भन्दै उनको प्रस्तावमा भनिएको छ, ‘यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहनेछन् ।’

सप्तरीमा पाँचजना मारिएको र कैयौं अन्य व्यक्ति घाइते भएको भन्दै उनले भनेकी छन्, ‘नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड अनुकुल भए-नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्नु पर्छ ।’

क्लाउडले राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न पनि आग्रह गर्नु पर्ने प्रस्ताव गरेकी छिन् ।

केही समयअघि दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउड लगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत