तोकिएकै मितिमा निर्वाचन हुन्छ – प्रमुख निर्वाचन आयुक्त

९ बैशाख ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।

प्रमुख आयुक्त यादवले शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको मिति सार्न नसकिने बताएका हुन् ।

‘बैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैन ।’ प्रमुख आयुक्त यादवले भने, ‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन ।’

‘सारेपनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा निर्वाचन आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’ यादवले भनेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत