मुक्तिनाथ जाँदै गरेको बस कागबेनीमा दुर्घटना, ५ जनाको मृत्यु

९ बैशाख ०७४, मुस्ताङ । तीर्थयात्री लिएर मुक्तिनाथ जाँदै गरेको बस कागबेनीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन् ।

शनिबार बिहान जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना भएको हो ।

मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक योगीले बसमा २६ जना सवार रहेको र अन्य सामान्य घाइते भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत