पौडेल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

९ बैशाख ०७४, ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुरको १०औं अधिवेशनबाट अध्यक्षमा ज्ञान प्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार संगठन र क्रान्तिकारी पत्रकार महासंघको सहमतिमा पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

Lalitpur 3

यसैगरी खुला उपाध्यक्षमा सागर न्यौपाने, महिला उपाध्यक्षमा सिर्जना तिमल्सिना, सचिवमा सविन शर्मा, सहसचिवमा रनसुर महतरा, समावेशी सहसचिवमा अस्मिता खड्का र कोषाध्यक्षमा रामहरी कार्की सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष पौडेल र उपाध्यक्ष न्यौपाने प्रेस सेन्टरमा आवद्ध पत्रकार हुन भने महिला उपाध्यक्ष सिर्जना तिमल्सिना क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध छिन् ।

यसैगरी सचिव शर्मा चौतारी निकट पत्रकार हुन् भने सहसचिव द्वय महतरा क्रान्तिकारी पत्रकार महासंघ र खड्का प्रेस युनियनमा आवद्ध पत्रकार हुन् । त्यस्तै कोषाध्यक्ष रामहरी खड्का प्रेस सेन्टरमा आवद्ध छन् ।

Lalitpur 1

यसैगरी सदस्यहरुमा प्रेस सेन्टरका श्याम तण्डुकार, विरेन्द्र ओली, केशरी पुन, पवन बराइली, गोपाल आले मगर, विमल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै प्रेस चौतारीका डीबी लामा, दिपक न्यौपाने, रविन राई र तेज बहादुर तामाङ सर्वसम्मत सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी प्रेस युनियनका गोमा पाण्डे र भक्ति साह साथै प्रेस सोसाइटीका गणेश बहादुर आचार्य र क्रान्तिकारी पत्रकार संगठनका विकास भट्टराई सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

Lalitpur 2

अधिवेशनबाट केन्द्रीय पार्षद ५० जना र प्रदेश पार्षद ६६ जना चयन भएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरमा ४ सय ९६ सदस्य रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत