स्थानीय निर्वाचनमा मधेस केन्द्रीत दलले पनि सहभागिता जनाउने

९ बैशाख ०७४, चितवन । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रीत दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री महतले पत्रकारसँग संक्षिप्त  कुराकानी गर्दै बैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रीत दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका हुन् ।

सरकारले मधेशवादी दलको माग पूरा गर्न परिमार्जनसहित संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भन्दै महतले निर्वाचनका लागि सबै तयारी भइरहेको बताए ।

उनले मधेस केन्द्रीत दलसँगको छलफललाई सरकारले तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत