भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा दुर्गम क्षेत्रका जनता मर्कामा

१० बैशाख ०७४, ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाको दुर्गम क्षेत्रका जनतालाई वितरित भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा स्थानीय मर्कामा परेका छन् ।

Vst -ph

पूर्वाञ्चलमा भिस्याट प्रणालीद्वारा सञ्चालित ६ वर्षअघि वितरित टेलिफोन अवरुद्ध भएपछि एक हजारभन्दा बढी टेलिफोन बन्द भएको सञ्चालकहरुले बताएका छन् ।

एसटिएम कम्युनिकेशन कम्पनीले सरकारी अनुदानमा प्रति थान ३५ हजार रुपैयाँका दरले रकम असुलेर उक्त टेलिफोन उपभोक्तालाई वितरण गरेको थियो ।

पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुमसहित तराईमा झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लाका बिकट गाबिसहरुमा भिस्याट टेलिफोन वितरण गरिएको थियो ।

प्राविधिक दक्षताको कमी र कम्पनीको लापारवाहीले विद्युत्त र ताररहित भिस्याट प्रणालीको टेलिफोन अवरुद्ध भएको ताप्लेजुङ घुन्साका उपभोक्ता पासाङ शेर्पाले बताए ।

ताप्लेजुङका विकट ओलाङ्चुङगोला, लेलेप, पापुङलगायतका हिमाली स्थानमा बढी सञ्चालन रहेको यो सेवा बन्द हुँदा स्थानीयलाई फोन गर्न १ दिन हिँड्नु पर्ने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत