सरकार र सङ्घीय गठबन्धनबीच भएको सहमति माओवादी केन्द्रद्वारा अनुमोदन

DSC6141-600x300

१० बैशाख ०७४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धन बीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएका थिए ।

प्रचण्डले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको बताउँदै नेताहरुलाई सम्पूर्ण रुपले निर्वाचनमा होमिन निर्देशन दिएको एक कार्यालय सदस्यले बताए ।

बैठकले सरकार र सङ्घीय गठबन्धन बीच भएको सहमतिलाई कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत