आगलागीमा परेर एकै घरका तीन बाल-बालिकाको मृत्यु

११ बैशाख ०७४, नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा आइतबार राति साढे ११ बजे भएको आगलागीमा परेर एकै घरका तीन जना बाल-बालिकाको मृत्यु भएको छ ।

आगलागीमा परेर मुन्सी मुराउका तीन सन्तान ६ वर्षीय पवन मुराउ, ८ वर्षीय रामजी मुराउ र १० वर्षीया सोनी मुराउको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकाराी रविलाल पन्थले दिएको  जानकारीअनुसार राति खाना खाएपछि बच्चालाई घरमा सुताएर बाबुआमा खलियानमा गहुँ दाउन गएका बेला यस्तो दुःखद घटना भएको हो । आगलागीबाट पुडुवा गाउँका ८ वटा कच्ची घर जलेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत