डीआईजी सिलवाल प्रहरी नियन्त्रणमा !

११ बैशाख ०७४, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ ।

DIG N- Silwal

प्रहरी प्रधान कार्यालयले सिलवाललाई छानविन समितिले बयानका लागि ल्याएको बताएको छ । सिलवाल छानविन समितिले बयानमा बोलाउँदा गएका थिएनन् ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो । छानविन समितिले सिलवाललाई कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेको बारे छानविन गरिरहेको छ ।

डीआईजी सिलवाल र कीर्ते काण्ड :

डीआईजी सिलवालले तत्कालिन डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्ते गरी आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार दुई नम्बर गणका एसपी सोमबार बिहानै सिलवालको घरमा पुगेका थिए । उनलाई त्यहाँ नभेटिएपछि बिहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएका सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अधिवक्ता टिकाराम भट्टराईले डीआइजी सिलवालसँगै अधिवक्ता थापालाई पनि प्रहरीले हिरासतमा लिएको बताएका छन् । तर, प्रहरीले वरिष्ठ अधिवक्ता थापालाई गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत