राजनीतिक सहमतिपछि निर्वाचन तालिकामा सामान्य संशोधन

११ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले दलहरुबीचको नयाँ राजनीतिक सहमतिपछि निर्वाचन कार्यक्रम तालिकामा सामान्य संशोधन गरेको छ ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय बैशाख १६ गतेलाई तोकेको थियो । तर, आयोगले उम्मेदवारी मनोनयनको मिति बैशाख १९ गतेलाई निर्धारण गरेको छ ।

यस्तै आयोगले दोस्रो चरणको निर्वाचनका लागि दल दर्ता खुल्ला गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डको आह्वानमा सरकार, निर्वाचन आयोगका आयुक्त र संघीय गठबन्धनका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

यस्तै दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने भएको छ । तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह वितरण र मत पत्र छापेर निर्वाचन गर्न भने नसकिने आयोगले प्रष्ट पारेको छ ।

नयाँ दललाई चुनाव चिन्ह वितरण गर्न लाग्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिह्न सम्बन्धी व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत