विद्यालयले अनुमति नलिई पढाए खारेजीसम्मको कारवाही गरिने

१० बैशाख ०७४, सल्यान । जिल्ला शिक्षा कार्यालय सल्यानले अनुमति नलिएर विद्यालय सञ्चालन गरेको पाइएमा अनुमति खारेजीसम्मको कारवाही गरिने जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले अनुमति नलिई सञ्चालन भएका विद्यालयलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइसकेको समेत बताएका छन् ।

उनले जिल्लाका विभिन्न १८ निजी विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाइएको भन्दै यस शैक्षिक शत्रदेखि अनुमति नलिएर पढाएको पाइएमा अनुमति खारेजीसम्मको कारवाही गरिने जनाएको हो ।

जिल्ला शिक्षा अधिकारी सुवेदीकाअनुसार प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको पाइएको साथै जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको जनाएका छन् ।

जिशिअ सुवेदीले अभिभावकलाई अनुमति बिना सञ्चालन भइरहेका विद्यालयमा बालबालिकालाई भर्ना नगर्न आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत